Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा असार २७ गतेसम्म आवेदन दिन सकिने

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा असार २७ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ। लगानीकर्ताले यसमा असार २७ गते (जुलाई ११) सम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीले १स्१ अनुपातमा अर्थात १ कित्ता बराबर थप १ कित्ता सेयर वितरण गर्ने गरी ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसले प्रतिकित्ता १०० रुपैयाँ दरले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको सेयर निष्कासन गरिरहेको छ।

    हकप्रद सेयर निष्कासनमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गरेको छ। आवेदन ग्लोबल आइएमई क्यापिटल नक्साल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालय, साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij