Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

लिभरपुलका फरवार्ड डिओगो जोटाको कार दुर्घटनामा निधन

लिभरपुलका फरवार्ड डिओगो जोटाको कार दुर्घटनामा निधन

  •  

    स्पेन । लिभरपुल र पोर्चुगल राष्ट्रिय फुटबल टोलीका फरवार्ड डिओगो जोटाको कार दुर्घटनामा परी निधन भएको छ। बिहीबार स्पेनको उत्तरपश्चिम क्षेत्रमा पर्ने जमोरा नजिक उनको कार सडकबाट तल खस्दा आगलागी भएको थियो। घटनामा जोटा गम्भीर घाइते भएका थिए र घटनास्थलमै ज्यान गुमाएका थिए।

    स्पेनको सरकारी टेलिभिजनको रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले उनको मृत्युको पुष्टि गरेको छ। स्थानीय समाचारका अनुसार जोटा आफ्ना दाजु आन्द्रेससँग यात्रा गरिरहेका थिए। प्रत्यक्षदर्शीहरुले बताए अनुसार गाडी सडकबाट तल खसिएपछि आगो लागेको थियो।

    २७ वर्षीय जोटाले गत साता मात्र आफ्नी लामो समयकी प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए। उनी तीन सन्तानका पिता थिए। फुटबल दुनियाँमा चर्चित र कुशल फरवार्डका रूपमा चिनिएका जोटाको असामयिक निधनले खेल जगतलाई स्तब्ध बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij