
काठमाडौँ । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरी कार्यक्रम सार्वजनिक गरेका छन् ।सरकारले आर्थिक वर्ष २०८२÷८३को बजेटमा सुनचाँदीमा लगाएको विलासिता कर खारेज हुनुपर्ने लगायतका माग राखी सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलन गर्ने तालिका सार्वजनिक गरेको जनाएको छ ।कार्यक्रम अनुसार आइतबार असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् ।२३ गते सोमबार आन्दोलको सम्बन्धमा थप रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने( न्यूरोडमा प्लेकार्डसहित १ घन्टा विरोध प्रदर्शन गर्ने)
२४ गते मंगलबार उपत्यकाका जिल्ला नगर यसअघि गर्न बाँकी रहेको कार्यक्रम गर्ने गोष्ठीी आयोजना गर्ने ( न्यूरोड प्लोकार्डसहित १ घन्टा विरोध प्रदर्शन गर्ने )२६ गते बिहीबार काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय र २७ गते शुक्रबार काठमाडौँमा राष्ट्रिय रुपमा खबरदारी सभागर्ने कार्यक्रममा जनाइएको छ ।सुनचाँदी व्यवसायीहरूले त्यसपछि थप आन्दोलनको कार्यक्रम तय गरिने जनाइएको छ । सरकारले व्यवसायीहरूसँग समस्याको समाधान गर्ने सुनचाँदी व्यवसायीका अगुवाहरूसँग विभिन्न तहमा कुराकानी भइरहेको सरकारी स्रोतले जनाएका छन् ।यसैगरी देशभरका सुनचाँदी व्यवसायीहरूले विभिन्न किसिमले आन्दोलन गरिरहेका छन् ।
यसैक्रममा धादिंगमा सुनचाँदी व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij