Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

युक्रेनमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

युक्रेनमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

  • किएभ ।युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् । 

    पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ ।

    क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।

    घटनाको पुष्टि गर्दै अधिकारीहरूले घाइते भएकामध्ये अधिकांश खार्किभ र डिनिप्रोपेट्रोभस्कको पूर्वी क्षेत्रहरूका रहेको बताएका छन् ।

    रूसी ड्रोनहरूले राजधानी किएभमा आक्रमण गर्दा भवनहरूमा समेत क्षति पुगेपनि कुनै हताहत नभएको नगर प्रमुखले टेलिग्राममार्फत जनाउनुभएको छ ।

    रूसको रक्षा मन्त्रालयले आइतबार राति मस्को क्षेत्रमा आठ वटा र बाँकी ९१ वटा ड्रोनहरू अधिकांश युक्रेनको सिमानामा खसालेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij