Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

    भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निर्माण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उहाँले बताउनुभयो । “भेटमा दुई देशको विकास, आर्थिक मुद्दा”, प्रवक्ता तिवारीले भन्नुभयो, “जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा साझेदारी गर्नेलगायत भएको छ ।” भेटका क्रममा अन्य दुई पक्षीय चासोका विषयमा छलफल भएको उहाँको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij