Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

हिम स्टारको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला

हिम स्टारको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला

  • काठमाडौं।हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गरिसकेको थियो। अब भने बाँकी हिस्सा सर्वसाधारण लगानीकर्तालाई प्रदान गर्न लागिएको हो।

    कम्पनीको कुल ११ लाख १९ हजार कित्ता शेयरमध्ये, कर्मचारी र सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको हिस्सा कटाएर बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताबाट आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    आईपीओमा आवेदन दिने अवधि छिटोमा असार २७ गतेसम्म खुला रहनेछ भने आवश्यक परेको खण्डमा साउन ६ गतेसम्म लम्बिन सक्नेछ। निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहनेछ।

    यस कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ, जसको कुल लागत १ अर्ब २३ करोडभन्दा बढी रहेको छ। इक्रा नेपालले कम्पनीलाई “ICRA NP Issuer Rating BB–” प्रदान गरेको छ, जसले औषत स्तरको जोखिम संकेत गर्दछ।

    लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij