Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

रसुवागढी भन्सारमा सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

रसुवागढी भन्सारमा सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

  • काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा  सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् ।

    इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ ।गजुरेलका अनुसार ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ ।यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको छ । अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ  त्यसपछि मात्र स्पष्ट हुनेछ ।

    नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अहिलेसम्म कति वटा गाडी बाढीले बगाएको र कुन कुन ब्राण्डका छन् भन्ने जानकारी आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij