Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO)का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO)का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

  • काठ्माण्डौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    u1.jpeg
    भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र FAO सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र FAO को प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास र खाद्य सुरक्षाका लक्ष्यहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए  । यहाँको सिँचाइ प्रणालीलाई आधुनिक बनाउने, बाली उत्पादनमा सुधार गर्ने, प्राकृतिक स्रोतहरू दिगो तरिकाले व्यवस्थापन गर्ने र २०१५ को भूकम्प तथा Covid–१९ महामारीजस्ता विपद्हरूमा प्रभावकारी रूपमा प्रतिक्रिया जनाउनेमा FAO को सहयोगको लागि धन्यवाद दिए ।  साथै, भविष्यमा नेपाल र FAO बीचको साझेदारी अझ बलियो र गहिरो हुने विश्वास गर्दै खाद्य सुरक्षा सुदृढ पार्न, ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउन, विपद् जोखिम न्यूनीकरणका लागि क्षमता निर्माणमा निरन्तर सहयोगको लागि अपेक्षा राखे ।

    u3.jpeg

    यसै बीच मन्त्री भण्डारीले नेपालको खाद्य निर्यात, यसमा भोगिरहेको कठिनाई र औद्योगिक वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी समस्याको कानुनी रुपमा समाधान गर्न यस मन्त्रालयबाट औद्योगिक सम्पत्ति विधयेक, २०८२ संघीय संसदमा दर्ता भई विचाराधीन अवस्थामा रहेको समेत जानकारी गराए । 

    छलफलको क्रममा FAO का लागि नेपालका प्रतिनिधि केन शिमिजुले नेपालका कृषि तथा खाद्य प्रणालीमा FAO को भूमिका र नेपाल सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।   उनले  नेपालका स्थानीय कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पुरÞ्याउन निर्यात प्रवद्र्धनमा FAO को चासो रहेको कुरा व्यक्त गरे ।  त्यसका लागि औद्योगिक सम्पत्ति संरक्षण अन्तर्गत भौगोलिक संकेत (Geographical Indication) को माध्यमबाट खाद्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी बजारमा पु–याउन सकिने सम्भावना र क्षमता अभिवृद्धि सम्बन्धी सहयोग आदान प्रदान गर्न सकिने बारे छलफल गरे । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij