Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

बैंक तथा वित्तीय संस्थाको ROE लगातार घट्दो, लाभांश दिन सक्ने क्षमता कमजोर

बैंक तथा वित्तीय संस्थाको ROE लगातार घट्दो, लाभांश दिन सक्ने क्षमता कमजोर

  • काठमाडौँ ।विगत केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूको रिटर्न अफ इक्विटी ९च्इभ्० घट्दो क्रममा छ। च्इभ् घट्नु भनेको सम्बन्धित संस्था शेयरधनीहरूलाई कम प्रतिफल दिन सक्षम रहेको संकेत हो। यो क्रम निरन्तर जारी रहेकाले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरण क्षमता पनि कमजोर हुँदै गएको छ।

    वाणिज्य बैंकहरूको चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासको च्इभ् अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा उल्लेखनीय रूपमा घटेको देखिन्छ। इन्डस्ट्री वाइज रूपमा हेर्दा, २०८१र८२ मा च्इभ् ५।४८ प्रतिशतले घटेको पाइएको छ। यसमध्ये सबैभन्दा बढी च्इभ् घट्ने बैंक एनआईसी एशिया बैंक हो भने, नेपाल बैंकको च्इभ् भने उल्टो रूपमा उल्लेखनीय रूपमा बढेको छ।

    यसबाट स्पष्ट हुन्छ कि समग्र बैंकिङ क्षेत्रको वित्तीय प्रदर्शन झन्झन् कमजोर बन्दै गएको छ। च्इभ् घट्दा बैंकहरूको लाभांश वितरण क्षमता पनि घट्ने भएकाले यसले साधारण शेयरधनी मात्र नभई संस्थापक शेयरधनीहरूलाई समेत प्रत्यक्ष असर पारेको छ।

    पछिल्ला केही वर्षयता अधिकांश बैंकहरूले बैंकमा निक्षेप राख्दा आउने ब्याजभन्दा पनि कम प्रतिफल दिन थालेका छन्। स्थिति यति नाजुक बनेको छ कि संस्थापक शेयरधनीहरूले समेत अब लगानीबाट अपेक्षित प्रतिफल पाउन छाडेका छन्। तर आश्चर्यको कुरा, यस्तो कमजोर प्रतिफल भए पनि संस्थापक शेयरधनीहरू भने अझै पनि बैंकबाट बाहिरिन इच्छुक देखिँदैनन्।

    यस सन्दर्भमा बैंकर राजन सिंह भण्डारी, जसले नेपाल राष्ट्र बैंकमा २७ वर्ष र निजी वाणिज्य बैंकमा १२ वर्ष काम गरेका छन्, भन्छन्स्

    “बैंकहरूले ठूला संस्थापकहरूलाई बैंक ब्याजजति पनि रिटर्न दिन सकेका छैनन्। तर ती संस्थापकहरू अझै बैंक ब्याजदर घटाउनु पर्छ भन्ने माग राखिरहेका छन्। यसको कारण हो – उनीहरूले बैंकमार्फत ठूलो परिमाणमा ऋण लिएका हुन्छन्। बैंकले ब्याजदर २ प्रतिशतले घटाइदिएमा, उनीहरूले लाभांशबाट पाउने रिटर्नभन्दा धेरै फाइदा पाउँछन्।”

    यस विश्लेषणले देखाउँछ कि संस्थापकहरू लाभांशभन्दा पनि सस्तो ऋणमा बढी रुचि राख्छन्, जसले उनीहरूलाई घाटामा जान नदिने सुरक्षा प्रदान गर्छ। त्यसैले, च्इभ् घटे पनि उनीहरू बैंकमै टाँसिइरहेका छन्।

    दोस्रो बजारमा सक्रिय लगानीकर्ताका लागि यो अवस्था चेतावनीस्वरूप आएको छ। अब शेयर किन्नु अघि केवल मूल्य हेरेर होइन, संस्थाको च्इभ्, लाभांश इतिहास र भविष्यको वित्तीय प्रक्षेपण पनि विचार गर्न आवश्यक छ। किनभने बैंकहरूले पछिल्लो केही वर्षमा लगातार लाभांश कटौती गरिरहेका छन्, र यो क्रम आगामी वर्षहरूमा झनै तीव्र हुनसक्ने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij