Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • काठमाडौँ ।खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड ९प्प्ज्ऋ० को हकप्रद शेयर सुरक्षित गर्ने आज ९असार २६० अन्तिम दिन हो। कम्पनीले हकप्रद शेयर निष्कासनको लागि भोली अर्थात असार २७ गते बुकक्लोज गर्ने भएकोले, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूलाई मात्र हकप्रदमा आवेदन दिन सक्ने अधिकार प्राप्त हुनेछ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार, कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरूले निर्धारित समयसीमा भित्र हकप्रद शेयरमा आवेदन दिनुपर्नेछ।

    यस अवसरको लाभ लिन चाहने लगानीकर्ताहरूले आजभित्र शेयर खरिद गरी नाम दर्ता गराइसक्नु पर्नेछ। बुकक्लोजपछि शेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद शेयरमा आवेदन दिन पाउने छैनन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij