Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

महानायक राजेश हमालले गरे सी कारको उद्घाटन

महानायक राजेश हमालले गरे सी कारको उद्घाटन

  • काठमाडौँ । महानायक राजेश हमालले सी–कारको उद्घाटन गरेका छन् ।नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सी–कार’ सञ्चालनमा आएको छ । सी–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको शोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेशन र क्याफे लगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सी–कारका संस्थापक रोशन घिमिरेले बताए । शुभारम्भ अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धी एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए । 

    seecar1.jpeg

    कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाईडीको नयाँ शोरूमले ग्राहकलाई सहज हुनेछ । साथै सी–कारमा विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेन्जका पनि सुविधा पाउनेछन् । कार्यक्रममा जनाइए अनुसार कम्पनीले सवारी खरिदबिक्रीका साथै सी–कार परिसरमा चार्जिङ स्टेशन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ (६) भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि द्रुत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सी–कार परिसरमै रहेको इटालियन रेस्टुराँको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सी–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुने विश्वास दिलाइएको छ । 

    seecar.jpeg

    कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रूपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । “ग्राहकहरू अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रूपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौं”, घिमिरेले भने ।

    साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले ब्लुबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी–कारमार्फत सवारीको बीमा गर्नेले ब्लुबुक नवीकरणको सुविधा पाउन सेवाग्राहीलाई कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने जनाइएको छ ।कम्पनीले ग्राहकहरूलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सी–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने जनाइएको छ ।
    ४ रोपनी क्षेत्रमा फैलिएको सी–कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij