Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

  •  

    गाजा ।गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ ।

     

    गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।

     

    एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ ।

     

    एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताउनुभयो । मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए ।

     

    नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ ।

     

    दक्षिणमा खान युनिसको अल–मवासी क्षेत्रमा पालमा बसेका पाँच जना व्यक्ति रहेको उहाँले बताउनुभयो ।

     

    इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij