Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

हिम स्टारको आईपीओमा बिहीवारसम्म माग भन्दा १९ गुणा बढी  आवेदन

हिम स्टारको आईपीओमा बिहीवारसम्म माग भन्दा १९ गुणा बढी  आवेदन

  • काठमाडौँ । हिम स्टार कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।सीडीएससीको तथ्यांक अनुसार बिहीबार ११ लाख २९ हजार ७ सय ५६ जना आवेदकबाट एक अर्ब ३४ करोड रुपैयाँको एक करोड ३४ लाख ३ सय९० कित्ताका लागि आवेदन परेको हो । यो माग भन्दा १९.०२ गुणा बढी हो ।माग भन्दा धेरै आवेदन परे गोलाप्रथाबाट बाँडफाँट हुन्छ । कम्पनीले गत असार २४ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गरेको हो । कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ  ।

    कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ९३ हजार २सय५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    अब भने कम्पनीले कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।  आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनसको रेटिङ दिएको  छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij