Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

‘ग्लोबल आइएमई समुन्नत योजना’ मा आवेदन दिने आज अन्तिम दिन

‘ग्लोबल आइएमई समुन्नत योजना’ मा आवेदन दिने आज अन्तिम दिन

  •  

    काठमाडौं । ‘ग्लोबल आइएमई समुन्नत योजना’ अन्तर्गत इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र, अर्थात् बेलुका ५ बजेसम्म, आवेदन दिनुपर्नेछ। ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँको दरमा योजना सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

    कुल १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलका लागि छुट्याइएको छ भने १ करोड ६२ लाख इकाई कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लिमिटेडका लागि आरक्षित गरिएको छ। बाँकी १० करोड २ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको हो। लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    यस योजनामा आवेदन दिन सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्न सकिन्छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij