Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : बैंक दर तथा नीतिगत दर घट्यो, कर्जा प्रवाह बढाउने लक्ष्य

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : बैंक दर तथा नीतिगत दर घट्यो, कर्जा प्रवाह बढाउने लक्ष्य

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकिङ प्रणालीलाई थप सहज बनाउने संकेत दिएको छ। यस नीतिअन्तर्गत ब्याजदर करिडोरका सबै प्रमुख सूचकहरूमा कटौती गरिएको छ। बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट २।७५ प्रतिशत, र नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।

    यस निर्णयसँगै बैंकहरूले अब केन्द्रीय बैंकमा निक्षेप राख्दा कम प्रतिफल पाउने भएकाले, ऋण प्रवाहमा बढी सक्रिय हुने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले यस वर्ष कर्जा विस्तार १२ प्रतिशतले गर्ने लक्ष्य लिएको छ, जसले निजी क्षेत्रको लगानी र पुँजी बजारमा तरलता वृद्धि गर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij