Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

लघुवित्त संस्थाले १५ प्रतिशतको लाभांश सीमा पुनरावलोकन गर्ने राष्ट्र बैंकको तयारी

लघुवित्त संस्थाले १५ प्रतिशतको लाभांश सीमा पुनरावलोकन गर्ने राष्ट्र बैंकको तयारी

  •  


    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा हाल लागु रहेको १५ प्रतिशतको सीमा पुनरावलोकन गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले नगद वा बोनस स्वरूप वितरण गर्न सक्ने लाभांशको सीमा पुनः मूल्यांकन गरिने जानकारी दिएको हो। हालको व्यवस्थाअनुसार लघुवित्तहरूले अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्न पाउँछन्।

    नयाँ नीतिले उक्त सीमालाई परिवर्तन वा लचक बनाउने सम्भावना रहेको छ, जसले संस्थाहरूलाई लगानीकर्ता आकर्षित गर्न सहज हुनेछ। यसले दीर्घकालीन रूपमा लघुवित्त क्षेत्रको सुदृढता, प्रतिस्पर्धात्मकता तथा लगानी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छ। यद्यपि, लाभांश सीमा अत्यधिक खुकुलो बनाइएमा संस्थाको वित्तीय अनुशासनमा असर पर्न सक्ने सम्भावना पनि रहेकोले नीतिगत सन्तुलन आवश्यक देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij