Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

सरकार स्थिर कर नीतिको पक्षमा, कर दायरा विस्तारको आवश्यकता : अर्थमन्त्री पौडेल

सरकार स्थिर कर नीतिको पक्षमा, कर दायरा विस्तारको आवश्यकता : अर्थमन्त्री पौडेल

  •  

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा दृढ रहेको स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपभोक्ता र व्यवसायीहरूले कर नीतिमा बारम्बार परिवर्तन (अप एण्ड डाउन) भइरहेको भन्दै विश्वसनीयताको सवाल उठाउने गरेको जनाउँदै अब त्यसप्रति शंका नगर्न आग्रह गरे।

    उनले कर नीति बारम्बार फेरिनेछ कि भन्ने भ्रम नफैलाउन आग्रह गर्दै, आगामी आर्थिक वर्षको बजेट पनि स्थिरता र विश्वास निर्माणमा आधारित रहेको बताए। अर्थमन्त्री पौडेलले करको दायरा भने अझै विस्तार गर्नु आवश्यक रहेकोमा जोड दिए।

    त्यसैगरी, जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिकालाई सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। उनले जलविद्युत उत्पादन प्रवर्द्धनका लागि विगतमा सरकारबाट लचिलो र प्रोत्साहनात्मक नीति ल्याइएको स्मरण गराउँदै, आगामी दिनमा अझ अनुकूल नीतिहरू ल्याइने आश्वासन दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij