Logo

Jul 12 2025 | २०८२, असार २८गते

Jul 12 2025 | २०८२, असार २८गते

images

रु ९० लाखको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

रु ९० लाखको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

  •  

    काठमाडौँ । प्रहरीले रु ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “वादी नेपाल सरकार प्रतिवादी निज पटेल भएको रु ९० लाख बिगो रकमको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij