
ललितपुर । ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले विकास कार्यको अनगुमान कार्यलाई तीव्रता दिने क्रममा लुभु लाकुरी भञ्ज्याङको वैकल्पिक सडक निर्माण कार्यको अनुगमन गरेका छन् ।सांसद महर्जनको पहलमा यो सडकखण्डका लागि एक करोड आर्थिक वर्ष २०८१ ÷८२को बजेटमा एक करोड विनियोजन भइ निर्माणाधीन सडकको निर्माण कार्य जारी रहेको हो । हालसम्म करिब ५८ लाख बराबरको काम भएको पाइएको हो ।स्थानीहरूका अनुसार निर्माण कार्यको ठेक्का लिएको कम्पनीले राम्रो काम गरिएको हो । ३५० मिटर बाटोमा ढलान भएको पाइएको छ । अझ ५ किलोमिटर बाटो निर्माण गर्न बाँकी रहेको छ ।
स्थलगत भ्रमणमा पुगेका सांसद महर्जनले बाँकी सडकखण्डको निर्माणका लागि आफूले अझ पहल गर्ने विश्वास व्यक्त गरेको स्थानीयहरूले बताएका छन् । यो बाटोको निर्माण भए यस क्षेत्रमा पर्यटनको विकास तथा धार्मिक एवं स्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास रहेको छ ।
स्थानीय सामाजिक कार्यकता रामप्रसाद तिमिल्सनाका अनुसार देवीस्थान खण्डको १ किलोमिटर बाटो २०४७सालमा स्थानीय तथा बुद्धिजीवीको पहलमा उनको पहलमा खुलाइएको थियो । २०५४ सालमा लामाटार लाकुरी भञ्ज्याङ वैकल्पिक सडक बनाउनु पर्ने आवश्यकता पूरा गर्न थप ५ किलोमिटरको बाटो विकास गरिएको थियो । यसका लागि त्यतिखेर करिब ४सय सल्लाको रुख कटान गर्नुपरेको उनले बताए । बाटोको विकासबाट स्थानीयहरूको विकासमा टेवा पुगेको उनको विश्वास रहेको छ । बाटो खोलिएपनि ठोस बलियो बाटो बनाउन बीचमा बजेटको अभाव थियो । त्यो अभाव पूरा गर्न सांसद महर्जनको पहलले गति लिएको उनले बताए ।
सांसद महर्जनले स्थानीयहरूको गुनासो सुनेका थिए । यसैक्रममा यसअघि बाढीबाट पीडितहरूसँग भेट गरी उनीहरूको समस्या सुनेका महर्जन सक्दो सहयोगका लागि आफूले पहल गर्ने विश्वास सांसद महर्जनले विश्वास दिलाएको स्थानीयहरूले बताएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij