Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

  • ढोरपाटन (बागलुङ)। बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको उहाँको भनाइ छ । पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी र तेल खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

    उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३५५ रुपैयाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रतिव्यक्ति अधिकतम छ किलो चिनी, पाँच किलो नुन र पाँच लिटर तेल किन्न पाइने उहाँ बताउनुहुन्छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “हरेक वर्ष मुख्य चाडबाडका मेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छौँ, यसपाली बजार मूल्यभन्दा चिनी प्रतिकिलो रु १०, नुनमा रु २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर रु ७० छुटको व्यवस्था रहेको छ, सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।” –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij