Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सिद्धार्थ बैंकद्वारा २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन, सर्वसाधारणका लागि १० लाख इकाई खुला

सिद्धार्थ बैंकद्वारा २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन, सर्वसाधारणका लागि १० लाख इकाई खुला

  •  

    काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले आजदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन खुला गरेको छ। बैंकले प्रति इकाई १,००० रुपैयाँ दरमा कुल २५ लाख इकाई ऋणपत्र जारी गर्दैछ। तीमध्ये १५ लाख इकाई संस्थागत लगानीकर्ताका लागि निजी बिक्रीमार्फत निष्कासन गरिनेछ भने १० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

    ‘एसबीएल डिबेन्चर २०९१’ नाम दिइएको यस ऋणपत्रमा वार्षिक ७।२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ र यसको परिपक्वता अवधि १० वर्षको हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ।

    न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पूर्ण इकाईसम्म आवेदन दिन मिल्ने यस ऋणपत्रमा असार ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त अवधिमा सबै इकाई बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन खुला रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij