
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी नपु¥याएका कम्पनीहरूका लागि पुँजी पु¥याउन ९ महिना समय थप गर्न लागेको छ ।यसबाट चुक्ता पुँजी नपु¥याएका २३ वटा ब्रोकर कम्पनीलाई पुँजी पु¥याउन सहज हुने विश्वास गरिएको हो ।
बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई तोकेको चुक्ता पुँजी पु¥याउने समय ९ महिना बढाउने प्रस्ताव अर्थमन्त्रालयमा पठाएको छ । मन्त्रालयले स्वीकृति जनाएपछि लागु हुने भएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गर्दै ९ महिना भित्र पुँजी पु¥याउने व्यवस्था सहितको प्रस्ताव अर्थमा पठाएको हो ।
यसअघि बोर्डमा नियमावली संशोधन गर्न कमिटी गठन भएको थियो । उक्त कमिटिले दिएको सुझाव अनुसार प्रस्ताव अर्थमा पठाइएको जनाएको छ । उक्त प्रस्ताव अर्थले स्वीकृत गरेपछि यो नियमावली कार्यान्वयनमा कार्यान्वयमा जाने छ ।यता स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुँजी पु¥याउने सकिन लागेको सो समय २ वर्ष थपि दिन माग गरेको थियो । तर बोर्डले पहिलो चरणमा ९ महिनाको मात्रै समय थप्न अर्थमा प्रस्ताव गरेको छ । पहिलो चरणमा थपेको समयमा पुँजी नपुगेको खण्डमा पुन समय थपिने अपेक्षा गरिएको छ ।
२०८२ असार मसान्तभित्र ब्रोकरको चुक्ता पुँजी २० करोड रुपैयाँ पु¥याउनु पर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार समयमा पुँजी पु¥याउन नसके उनीहरू समस्यामा पर्ने भएकाले समय बढाउन माग गरिएको थियो । बोर्डले धितोपत्र व्यवसायी गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका–२०८१ गत चैत १५ गते जारी गरेको थियो । बोर्डले मर्जको निर्देशिका ढिला जारी गरेका कारण ब्रोकरलाई पुँजी पु¥याउने योजना बनाउन समय लागेकाले समय थप्न आग्रह गरेको एसोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी सार्वजनिक गरेका हुन् ।
उनका अनुसार अहिले करिब दुई दर्जन जति ब्रोकरको चुक्ता पुँजी पुगेको छैन। बोर्डले नियमावलीले भनेको समय सकिनु तीन महिना अघि मात्रै निर्देशिका ल्याएकोले पनि समय छोटो भएको छ । यति लामो समय सेयर बजारलाई चलायमान बनाउन भूमिका खेलेका पुराना ब्रोकरलाई अहिले आएर पुँजी नपुगे कारबाही गर्न हुँदैन् । त्यही भएर एसोसिएसनले पुँजी पु¥याउन समय थप्न माग गरेको छ ।
बोर्डका अनुसार ३९ वटा ब्रोकरको पुँजी पुगेको थिएन । यसमध्ये २३ वटाको अझै पुगेको छैन् । पुँजी नपुग्ने ब्रोकरमा एबीसी सेक्युरिटिज, अरण सेक्युरिटिज, एशियन सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, क्रिस्टल कन्चजंघा सेक्युरिटिज, दिव्या सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, कालिका सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मार्केट सेक्युरिटिज, मिदास स्टक ब्रोकिङ, नेपाल स्टक हाउस रहेका छन् ।
यसैगरी ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सेक्योर्ड सेक्युरिडिज, सेवा सेक्युरिटिज, सिल्पा सेक्युरिटिज, साउथ एसियन बुल, श्री हरी सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, स्वेता सेक्युरिटिज र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले पनि पुँजी पु¥याउन बाँकी छ । यी कम्पनीको पुँजी २० करोड भन्दा कम छ । पुँजी पु¥याउन बाँकी रहेका २३ मध्ये अधिकांश ब्रोकर कम्पनीको पु्ँजी १० करोड भन्दा घटी छ ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको थियो । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार हाल धितोपत्र व्यापारीको संख्या २ (नागरिक स्टक डिलर र नबिल स्टक डिलर) रहेका छन् । यसैगरी पूर्ण कार्यगर्ने ब्रोकरको संख्या २ रहेको छ । जसमा हिमालयन सेक्युरिटिज र एनआईएमबि स्टक मार्केट छन् । बाँकी ८८ वटा सीमित कार्य गर्ने ब्रोकर रहेका छन् ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको पाँचौं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने र गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij