Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

गृहमन्त्री लेखकद्वारा ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ

गृहमन्त्री लेखकद्वारा ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ

  •  

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रुपमा चिनिँदै गएको बताउनुभएको छ । 

     

    प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दू्रत विकास भइरहेको जानकारी दिनुभयो । “अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति÷स्थापनाको बढी माग छ”, उहाँले भन्नुभयो, “नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।”

     

    नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनःविधयेकमाथि छलफल सुरु हुने बताउनुभयो । 

     

    “प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाएर अवकासमा जाने व्यवस्था विधयेकमा गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरीको उच्च मनोवलका साथ कार्य दक्षता बढ्न सकोस् भनेर प्रहरी सङ्गठनलाई तुलनात्मक रुपले आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको छ ।”

     

    आमनागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यतात्मक अवस्था हट्ने छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij