
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन्।
उपप्रमुख डंगोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार संचित कोष र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभारसहित कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको अनुमानित बजेट पेस गरेकी हुन्।
साथै उनले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकोमा महानगरवासी र सरोकारवालाहरूसँग क्षमायाचना पनि गरिन्। उनले भनिन्, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसारको समयसीमा भन्दा केही ढिला भयो, जसका लागि मेरो व्यक्तिगत र नगरसभाका सदस्यको तर्फबाट सबैलाई क्षमा चाहन्छौं।”
डंगोलले विगतका केही अविश्वास र विवादका विषयमा भने, “ती समस्याहरू मन्थन हुँदै समाधानको दिशामा अगाडि बढेका छन्। आज हामी फेरि एकताबद्ध भएर गरिमामय सभामा उपस्थित भएका छौं।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij