Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बागलुङमा जीप दुर्घटना : १६ जना घाइते, एक गम्भीर अवस्थामै पोखरा रेफर

बागलुङमा जीप दुर्घटना : १६ जना घाइते, एक गम्भीर अवस्थामै पोखरा रेफर

  •  

    पोखरा ।बागलुङको ताराखोला गाउँपालिकामा गएराति बोलेरो जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते गल्कोट नगरपालिका–६ भुजुङका १७ वर्षीय प्रतिक श्रीषलाई थप उपचारका लागि पोखरा ल्याइएको छ। हाल उनको उपचार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।

    ईलाका प्रहरी कार्यालय गल्कोटका अनुसार बाँकी १५ जना घाइतेमध्ये ७ जनाको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ भने ८ जना उपचारपछि घर फर्किएका छन्।

    अस्पतालमा उपचाररत घाइतेहरूमा चालक २२ वर्षीय बलबहादुर श्रीष, २१ वर्षीय मोहन जुग्जाली, १८ वर्षीय सागर श्रीष, १८ वर्षीय मिलन रोका, १८ वर्षीय रिजन खत्री, १८ वर्षीय नेक्सन श्रीष र २९ वर्षीय टेकबहादुर श्रीष रहेका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम छ।

    उपचारपछि घर फर्किनेहरूमा ३४ वर्षीय बिक्रम जुग्जाली, ९ वर्षीय भुपेन्द्र रोका, २९ वर्षीया अम्मा जुग्जाली, ३२ वर्षीय शेरबहादुर काउचा, ४० वर्षीय होमबहादुर थापा, २४ वर्षीय बिर जुग्जाली, ३१ वर्षीय यमबहादुर पुन र ताराखोला–३ का १९ वर्षीय सुजन निउरे रहेका छन्।

    दुर्घटना गएराति करिब ११ बजे भएको हो। ग१ज ७१८९ नम्बरको बोलेरो पिकअप जीप ताराखोलाबाट गल्कोट हटियातर्फ जाँदै गर्दा वडा नं ३ स्थित पिरेचामा दुर्घटना भएको थियो। प्रहरीका अनुसार जीपमा क्षमताभन्दा बढी यात्रु सवार थिए र चालकले नियन्त्रण गुमाउँदा जीप करिब ३० मिटर तल खसेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij