Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

गृहमन्त्री लेखकको निर्देशन: प्रधानमन्त्रीको स्पेन भ्रमणमा संलग्न बाहिरी व्यक्तिहरूमाथि निष्पक्ष छानबिन हुने

गृहमन्त्री लेखकको निर्देशन: प्रधानमन्त्रीको स्पेन भ्रमणमा संलग्न बाहिरी व्यक्तिहरूमाथि निष्पक्ष छानबिन हुने

  •  

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा आधिकारिक सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले गम्भीरताका साथ उक्त प्रकरणको अध्ययन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई जिम्मेवारी तोकेका हुन्।

    उनका अनुसार, ूप्रधानमन्त्रीको अधिकृत प्रतिनिधिमण्डलबाहेक स्पेन को-को गए? उनीहरू कुन विधि र प्रक्रियामार्फत गएको होरु कुन संस्था वा व्यक्तिको पहलमा यो भ्रमण सम्भव भयोरुू भन्ने विषयमा गहिरो अनुसन्धान हुनेछ। साथै, भ्रमणमा सहभागी अन्य व्यक्तिहरूका लागि भिजिट भिषा कसले र कसरी प्रबन्ध गर्‍यो भन्नेबारे पनि छानबिन गरिनेछ।

    गृहमन्त्री लेखकले अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइने जानकारी दिएका छन्। उनले यस विषयमा दोषी पाइएमा कडाभन्दा कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij