Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

एनआरएन इन्फ्रास्ट्रक्चरको होटल व्यवसायमा प्रवेश: वर्णबास म्यूजियम होटलमा १२.५ करोड लगानी

एनआरएन इन्फ्रास्ट्रक्चरको होटल व्यवसायमा प्रवेश: वर्णबास म्यूजियम होटलमा १२.५ करोड लगानी

  •  

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले होटल व्यवसायमा आफ्नो लगानी विस्तार गर्दै वर्णबास म्यूजियम होटलमा रणनीतिक साझेदारी गर्ने निर्णय गरेको छ। कम्पनीले होटलको जारी पूँजीको ९.०९ प्रतिशत हिस्सा (संस्थापक सेयरमध्ये १४.२ प्रतिशत) खरिद गरी लगानी गर्न लागेको हो।

    कम्पनीको असार २८ गते (शनिवार) बसेको सञ्चालक समितिको बैठकले उक्त लगानी सम्बन्धी निर्णय पारित गरेको थियो। निर्णयअनुसार, असार २९ गते एनआरएन र वर्णबास होटलबीच सेयर खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, एनआरएनले वर्णबास म्यूजियम होटलको १० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले खरिद गरेको हो, जसको कुल मूल्य १२ करोड ५० लाख रुपैयाँ हुन्छ।

    यस लगानीसँगै एनआरएन इन्फ्रास्ट्रक्चरले होटलको सञ्चालक समितिमा न्यूनतम एकजना प्रतिनिधि नियुक्त गर्न पाउने प्रावधान समेत सम्झौतामा उल्लेख छ। यो सहकार्यले कम्पनीको लगानी क्षेत्रलाई विविधीकरण गर्दै दीर्घकालीन आय सिर्जनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij