Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

व्यावसायिक लक्ष्य निर्धारणमा नवीकरण र म्यादी बीमाशुल्क पनि समेट्न बीमा प्राधिकरणको निर्देशन

व्यावसायिक लक्ष्य निर्धारणमा नवीकरण र म्यादी बीमाशुल्क पनि समेट्न बीमा प्राधिकरणको निर्देशन

  •  

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षको व्यावसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई पनि अनिवार्यरूपमा समावेश गर्न निर्देशन दिएको छ।

    प्राधिकरणले जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा भनिएको छ कि कम्पनीहरूले आफ्ना कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय र विभागहरूलाई लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्क मात्र होइन, नवीकरण बीमाशुल्क र म्यादी बीमाशुल्कलाई पनि ध्यान दिनुपर्नेछ।

    विगतमा बीमा कम्पनीहरू व्यवसायिक लक्ष्य निर्धारणमा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेको गुनासोहरू प्राप्त हुँदै आएको प्राधिकरणले उल्लेख गरेको छ। यस्तो अभ्यासले बीमा सेवा सीमित व्यक्तिहरूसम्म मात्र पुग्ने, न्यून आय भएका वर्गहरू पहुँचबाट वञ्चित हुने, बीमा अवधि नपुग्दै बीमालेख समर्पण वा रद्द हुनेजस्ता समस्याहरू देखापरेको प्राधिकरणले स्पष्ट पारेको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीद्वारा जारी परिपत्रमा भनिएको छ, 'बीमकहरू ठूलो रकमको बीमाशुल्क संकलनमा मात्रै केन्द्रित हुँदा गुणस्तरीय र भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएको छ। यसै सन्दर्भमा, सबै तहमा लक्ष्य निर्धारण गर्दा नवीकरण र म्यादी बीमालाई समेट्न निर्देशन दिइएको हो।'

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij