Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ हजार कित्ता संस्थापक सेयर विक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ हजार कित्ता संस्थापक सेयर विक्रीमा

  •  

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ६ हजार कित्ता संस्थापक सेयर हाल विक्रीमा आएको छ। कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूद्वारा खरीद नगरिएका सेयरहरूलाई अन्य व्यक्ति तथा संस्थाहरूका लागि खुला रूपमा विक्रीमा ल्याएको हो।

    यसअघि, जेठ २३ गते कम्पनीले यी सेयरहरू विद्यमान संस्थापकहरूलाई प्राथमिकतामा राखी विक्री खुला गरेको थियो। तर, ३५ दिनको अवधिभित्र कुनै पनि संस्थापकले सेयर नखरेपछि, अब सर्वसाधारण लगानीकर्ताहरूका लागि पुनः सूचना जारी गरिएको हो।

    इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij