Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सरकारले राजस्व अनुसन्धान विभागमा महानिर्देशक पठाउन अझै सकेन, संक्रमणकालको फाइदा उठाउँदै चोरी तस्करी बढ्यो

सरकारले राजस्व अनुसन्धान विभागमा महानिर्देशक पठाउन अझै सकेन, संक्रमणकालको फाइदा उठाउँदै चोरी तस्करी बढ्यो

  • काठमाडौँ । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशक अझै पठाउन सकेको छैन् । अत्यन्तै संवेदनशील मानिएको राजस्व अनुसन्धान विभागमा असार १५ गतेदेखि महानिर्देशक खाली छ । सरकारले १५ दिन बितिसक्दा पनि विभागमा महानिर्देशक पठाउन नसक्दा संक्रमणकालको फाइदा उठाउँदै  चोरी तस्करी बढेको हो । 
    राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका चण्डीप्रसाद घिमिरेको असार १५ गते अनिवार्य अवकाश भएको थियो । घिमिरेको अनिवार्य अवकाश भएपछि महानिर्देशक विहीन बनेको राजस्व अनुसन्धान विभागमा सरकारले पुनः महानिर्देशक पठाउन नसक्दा विशेषतः दक्षिणी खुला सीमा नाकाहरूबाट हुने चोरी तस्करी बढेको बताइन्छ ।

    सरकारले १५ दिन बितिसक्दा पनि विभागमा महानिर्देशक पठाउन नसक्दा संक्रमणकालको फाइदा उठाउँदै  चोरी तस्करी बढेको हो । राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका चण्डीप्रसाद घिमिरेको असार १५ गते अनिवार्य अवकाश भएको थियो । घिमिरेको अनिवार्य अवकाश भएपछि महानिर्देशक विहीन बनेको राजस्व अनुसन्धान विभागमा सरकारले पुनः महानिर्देशक पठाउन नसक्दा विशेषतः दक्षिणी खुला सीमा नाकाहरूबाट हुने चोरी तस्करी बढेको बताइन्छ ।

    विभागलाई   राजस्व चुहावट सम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार छ । गैर कर राजस्व चुहावट सम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन समेत विभागले गर्दै आएको छ । यस्तै विभागले विदेशी विनिमय सम्बन्धी कसूरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान  गर्दै आएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी विनिमय (नियमित गर्ने) नियमहरु २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार विभागलाई छ ।
    लामो समयदेखि राजस्व अनुसन्धान विभागमा महानिर्देशक खाली हुँदा माथि उल्लेखित सबै काम प्रभावित भएका छन् । संक्रमणकालको फाइदा उठाउँदै चोरी तस्करी र राजस्व छली गर्ने गिरोहको सक्रियता बढ्न सक्ने एक पूर्व महानिर्देशकले नयाँ सडक दैनिकलाई बताए ।
    समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको महानिर्देशक हुन् पाँच सहसचिवहरू सक्रियरूपमा लागेको र केही व्यापारिक घारानासमेतले चासो देखाएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महानिर्देशक पठाउनका लागि निर्णय गर्न  ढिलाइ गरेको बताइन्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij