Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

हिमालयन बैंकको एफपीओ बिक्री खुला, साउन ४ गतेसम्म आवेदन गर्न सकिने

हिमालयन बैंकको एफपीओ बिक्री खुला, साउन ४ गतेसम्म आवेदन गर्न सकिने

  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि आफ्नो एफपीओ (गचतजभच एगदष्अि इााभचष्लन) बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो, जसको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबर हुन्छ।

    बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेको हो। यस एफपीओको बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हालेको छ।

    एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने इच्छुक लगानीकर्ताले अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। एफपीओ निष्कासन अवधि छिटोमा साउन ४ गतेसम्म रहनेछ। यदि सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्बिनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij