Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

साउन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, स्ट्याण्डर्ड चार्टर्डको सर्वाधिक र प्रभु बैंकको न्यूनतम दर

साउन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, स्ट्याण्डर्ड चार्टर्डको सर्वाधिक र प्रभु बैंकको न्यूनतम दर

  • काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदरको सूचना सार्वजनिक गरेका छन्। असारको तुलनामा साउन महिनामा औषत ब्याजदर घटेको देखिन्छ।

    व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा औषत ५.९०२ प्रतिशत ब्याजदर रहेकोमा साउनमा घटेर ५.६९७५ प्रतिशत पुगेको छ। यसरी औषत ब्याजदर ०.२०४५ प्रतिशतविन्दुले घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा पनि औषतमा ०.२६ प्रतिशतविन्दुले गिरावट आएको छ।

    २० वाणिज्य बैंकहरूमध्ये १४ बैंकले असारको तुलनामा ब्याजदर घटाएका छन्। तीमध्ये प्रभु बैंकले सबैभन्दा धेरै अर्थात् १.८५ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो। असारमा ६.१% ब्याज दिइरहेको यो बैंकले साउनमा घटाएर ४.२५% मात्र दिने भएको छ, जुन सबैभन्दा न्यून हो।

    व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक भने स्ट्याण्डर्ड चार्टर्ड बैंक हो, जसले ६.२६ प्रतिशत ब्याज दिनेछ।

    यसैबीच, ४ वटा बैंकहरूले (माछापुच्छ्रे, ग्लोबल आइएमई, सिचार्थ र एनएमबि) असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    अर्कोतर्फ, ब्याजदर बढाउने एकमात्र बैंक हिमालयन बैंक हो। उसले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ५.५% बाट ६% पुर्‍याएको छ भने संस्थागत निक्षेपमा ४% बाट ५% बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij