Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्कासन, साउन ४ गतेसम्म आवेदन खुला

शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्कासन, साउन ४ गतेसम्म आवेदन खुला

  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (SHINE) ले आज असार ३२ गतेदेखि आफ्नो ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो।बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने योजना बनाएको छ।

    • ६०% (६ लाख कित्ता) व्यक्तिगत रूपमा बाँडफाँट गरिनेछ
    • ४०% (४ लाख कित्ता) सर्वसाधारणका लागि छुट्याइएको छ

    जसमध्ये ५% (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा साउन ४ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिन सक्छ।ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले सि-आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरी आवेदन दिन सक्नेछन्।यस ऋणपत्रको क्रेडिट रेटिङ्ग ‘इक्राएनपी डबल बी प्लस (BB+)’ रहेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। प्राप्त ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कटौती गरी भुक्तानी गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij