Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

नबिल बैंकको ‘७% नबिल डिबेन्चर २०८९’ ऋणपत्र निष्कासन साउन ६ गतेदेखि, साउन ९ गतेसम्म आवेदन खुला

नबिल बैंकको ‘७% नबिल डिबेन्चर २०८९’ ऋणपत्र निष्कासन साउन ६ गतेदेखि, साउन ९ गतेसम्म आवेदन खुला

  • काठमाडौँ ।नबिल बैंक लिमिटेड (NABIL) ले साउन ६ गतेदेखि आफ्नो ऋणपत्र ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। यो ऋणपत्र ८ वर्ष अवधिको हुनेछ र यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

    बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

    • जसमा ६०% (१८ लाख कित्ता) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ

    • बाँकी ४०% (१२ लाख कित्ता) सर्वसाधारणलाई दिइनेछ

      • जसमध्ये ५% (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

    ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्।
    निष्कासन अवधि छिटोमा साउन ९ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा साउन २० गतेसम्म लम्बिन सक्छ।

    धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत सि-आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।

    ऋणपत्रको क्रेडिट रेटिङ्ग इक्राएनपी ए (ICRANP A) रहेको छ, जसले नबिल बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई उच्च सुरक्षा स्तरमा रहेको संकेत गर्दछ। प्राप्त ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कटौती गरी भुक्तानी गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij