Logo

Jul 17 2025 | २०८२, साउन १गते

Jul 17 2025 | २०८२, साउन १गते

images

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्ने स्वास्थ्य मन्त्रीको भनाइ

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्ने स्वास्थ्य मन्त्रीको भनाइ

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्ने बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताएका हुन् ।

    health minister.jpeg

    उनले भने, ‘ ‘जसरी हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ ।मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो ।’

    साथै उनले अगाडि भने  , ‘परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभावित भएको स्थिति छ । वर्षेनी बढिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij