Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला, साउन ११ गतेसम्म आवेदन दिने समय

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला, साउन ११ गतेसम्म आवेदन दिने समय

  •  

    काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिसकेको छ। कम्पनीले असार २२ गतेदेखि साउन ११ गतेसम्म लगानीकर्ताहरूका लागि आवेदन दिन सकिने व्यवस्था मिलाएको हो।

    यस योजना अन्तर्गत कम्पनीले १ः०।५ अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ, जुन प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा रहेको छ। यसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

    कम्पनीले हकप्रद सेयरका लागि असार २ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असार १ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    यस हकप्रद सेयर निष्कासनमा प्रभु क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ। आवेदन दिने स्थानहरूमा प्रभु क्यापिटल, प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी शाखाहरू, साथै धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवाप्रदायक बैंक तथा वित्तीय संस्था र मेरो सेयर प्रणाली समावेश छन्।

    हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपश्चात् यो बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij