Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रभु इन्स्योरेन्सको १८% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रभु इन्स्योरेन्सको १८% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  • काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) को लाभांश सुरक्षित गर्ने आज (साउन १ गते, बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले भोलि साउन २ गतेका लागि बुक क्लोज गर्ने घोषणा गरिसकेकोले, आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू मात्र वार्षिक साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    कम्पनीले साउन २३ गते, शुक्रबार, तिनकुनेस्थित प्रभु कम्प्लेक्स मा बिहान ११ बजे २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभाले हालको चुक्ता पुँजीको आधारमा १८ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यस्तै, सभामा बोनस शेयरपछिको चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, र अन्य सञ्चालनसम्बन्धी विषयमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिने छन्।

    शेयरधनीहरूले आजैसम्म शेयर खरिद गरेर लाभांश र अन्य लाभ लिन योग्य बन्न सक्ने हुँदा, यसलाई अन्तिम अवसरका रूपमा लिनुपर्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij