Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरका बोलपत्र साउन २ गते खुल्ने

सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरका बोलपत्र साउन २ गते खुल्ने

  •  

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयरका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र साउन २ गते, बिहान ८ बजे खोल्ने भएको छ। बोलपत्र खोल्ने कार्यक्रम अमृतभोग पार्टी प्यालेस, डिल्लीबजारमा तय गरिएको छ।

    कम्पनीले संस्थापक समूहतर्फ लक–इनमा रहेको ८०,२२२ कित्ता, सर्वसाधारण समूहतर्फ लक–इनमा रहेको ४,०४९ कित्ता तथा लक–इनमा नरहेका १,४०,४५७ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। यसअघि लिलामी आवेदन असार २३ गतेदेखि ३० गतेसम्म माग गरिएको थियो।

    सन नेपाल लाइफले हाल कायम चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा २७५ हकप्रद शेयर अर्थात् १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर निष्काशन गरेको थियो। सो हकप्रद शेयर वैशाख ३० देखि असार ३ गतेसम्म निष्काशन गरी असार १२ गते बाँडफाँट गरिएको थियो।

    कुलमध्ये १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर असार ३० गते नेप्सेमा सूचीकृत भइसकेका छन्। बाँकी लिलामी शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ भन्दा बढी हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij