Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

ब्रोकर कम्पनीले अब आईपीओ जारी गर्न पाउने

ब्रोकर कम्पनीले अब आईपीओ जारी गर्न पाउने

  • काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गरेको छ। बोर्डले नियमावलीमा छैठौं संशोधन गरेको हो। संशोधित नियमावली साउन ३२ गतेबाट लागु भएको छ।
     
    नियमावली संशोधन भएपछि ब्रोकरहरुलाई न्युनतम चुक्ता पुँजी पुर्याइसक्नु समय थप भएको छ। अब ब्रोकरले २०८२ चैत्र मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने छन्। यस अघि २०८२ साउन मै पुँजी पुर्याईसक्नु पर्ने व्यवस्था थियो।
     
    त्यस्तै अब ब्रोकरहरुले आईपीओ निष्काशन गर्ने अनुमति पाउन सक्ने छन्। त्यस्तै अब बैंकका सहायक कम्पनीको रुपमा रहेका ब्रोकर कम्पनीले बैंकका कर्मचारीलाई संचालक नियुक्त गर्न सक्ने छन्।
     
    अब सिमित कार्य गर्ने ब्रोकरले ग्राहकको नामबाट ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न, प्रचलित धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली बमोजिम निक्षेप सदस्यले गर्ने कार्य गर्न, मार्जिन कारोबार सम्बन्धी कार्य गर्न र धितोपत्रको राफसाफ सदस्य सम्बन्धी कार्य गर्न सक्नेछ।
     
    पूर्ण कार्य गर्ने ब्रोकरले धितोपत्र बोर्डबाट अनुमति लिई लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्न, लगानी परामर्श सेवा सम्बन्धी कार्य गर्न तथा योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न सक्नेछ। यस सेवा दिए वापत उनीहरुले सेवा शुल्क लिन सक्ने बाटो पनि खुलेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij