Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

विदेशी मुद्रा सटहीका लागि अब बैंक खाता अनिवार्य, २ हजार ५०० बाट बढाएर ३ हजार डलर पुर्याइयाे

विदेशी मुद्रा सटहीका लागि अब बैंक खाता अनिवार्य, २ हजार ५०० बाट बढाएर ३ हजार डलर पुर्याइयाे

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही प्रक्रियामा नयाँ कडाइ ल्याउँदै बैंक खाता अनिवार्य गरेको छ। बिहीबार बैंक तथा वित्तीय संस्थाहरूमार्फत जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो।

    नयाँ व्यवस्थाअनुसार, राहदानीबापतको सटही सुविधा तथा औपचारिक विदेश भ्रमणबापतको सटही सुविधा अब परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी ९नयाँ खाता खोलेर समेत० प्रदान गर्न सकिनेछ। यसअघि यस्ता सटही सुविधाहरू सिधै नगद वा अन्य माध्यमबाट दिइन्थ्यो, तर अबदेखि यस्तो सुविधा लिन बैंक खाता अनिवार्य गरिएको हो।

    त्यसैगरी, भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकका लागि राहदानीबापतको सटही सीमा पनि बढाइएको छ। अब प्रतिपटक अधिकतम अमेरिकी डलर ३ हजार (वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा) सटही गर्न पाइनेछ। यसअघि यो सीमा २ हजार ५०० डलर थियो।

    राष्ट्र बैंकको यो निर्णयले औपचारिक वित्तीय प्रणालीमार्फत विदेशी मुद्रा सटहीलाई प्रोत्साहन गर्ने तथा विदेश गएकाहरूका लागि थप सहजता ल्याउने उद्देश्य राखेको बुझिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij