
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
विदेशी मुद्रा सटहीका लागि अब बैंक खाता अनिवार्य, २ हजार ५०० बाट बढाएर ३ हजार डलर पुर्याइयाे
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही प्रक्रियामा नयाँ कडाइ ल्याउँदै बैंक खाता अनिवार्य गरेको छ। बिहीबार बैंक तथा वित्तीय संस्थाहरूमार्फत जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार, राहदानीबापतको सटही सुविधा तथा औपचारिक विदेश भ्रमणबापतको सटही सुविधा अब परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी ९नयाँ खाता खोलेर समेत० प्रदान गर्न सकिनेछ। यसअघि यस्ता सटही सुविधाहरू सिधै नगद वा अन्य माध्यमबाट दिइन्थ्यो, तर अबदेखि यस्तो सुविधा लिन बैंक खाता अनिवार्य गरिएको हो।
सान्भि इनर्जी लिमिटेड नेप्सेमा सूचीकृत, साउन ४ गतेदेखि शेयर कारोबार खुला
काठमाडौं । साउन १ गते बिहीवार सान्भि इनर्जी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले संस्थापकतर्फ ५० लाख १० हजार कित्ता र सर्वसाधारणतर्फ ३७ लाख ९० हजार कित्ता, गरी जम्मा ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो। कम्पनीको स्वामित्व संरचनामा संस्थापकको ५६.९३ प्रतिशत र सर्वसाधारणको ४३.०७ प्रतिशत हिस्सा रहेको छ। कम्पनीको शेयर आगामी साउन ४ गते आइतवार देखि खुला हुने छ।
प्रभु इन्स्योरेन्सको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य साउन १ गते समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको प्रस्तावित १८ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले साउन १ गते बिहीवार कायम अन्तिम शेयरमूल्य ९५३ रुपैयाँ २० पैसा लाई आधार मानेर ८०७ रुपैयाँ ८० पैसा बोनसपछिको समायोजित मूल्य निर्धारण गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट कुल १८.९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। यसअन्तर्गत १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो। असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्दै साउन २३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्नेछ, जसअनुसार साउन १ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन्।
शेयर बजार : नेप्से परिसूचकमा ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा ,१६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ९।८२ अंकले बढेर २८७४।६० विन्दुमा आएको छ । यस दिन १६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढीको कारोबार आएको छ ।
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि
वीरगञ्ज । मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पु¥याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ भरिमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको छ ।
प्रतिस्पर्धात्मक निर्जीवन बीमा बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको उल्लेखनीय सफलता
काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बन्दै गएको वर्तमान परिवेशमा, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड ले आर्थिक वर्ष २०८१र८२ को असार मसान्तसम्म उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ। कम्पनीले समीक्षा अवधिमा कुल ४ अर्ब ३ करोड रुपैयाँको बीमा प्रिमियम आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोहोरो अंकले वृद्धि भएको हो। ज्भ्क्ष् का अनुसार, यो सफलता ग्राहकहरूको निरन्तर विश्वास, सञ्चालनमा उत्कृष्टता, तथा समर्पित कर्मचारीवर्गको मिहिनेतको प्रतिफल हो। सोही अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानीसमेत गरेको छ, जसमा सहज र छरितो हिसाबबाट नियामकीय मापदण्ड पालना गर्दै दाबी फछ्र्यौट गरिएको छ। प्राकृतिक प्रकोप जस्ता कारणले भएको क्षतिको दाबीलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको छ।
ब्रोकर कम्पनीले अब आईपीओ जारी गर्न पाउने
वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।
यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो । एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे ¥याकबाट सामान आयात र निर्यात हुने गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताउनुभयो ।
खल्ती र आइएमई पे मर्जर : ‘खल्ती बाइ आइएमई पे’ नाममा एकीकृत कारोबार सुरु
काठमाडौं । नेपालका दुई ठूला डिजिटल वालेट खल्ती र आइएमई पे एक आपसमा मर्जर भएर ‘खल्ती बाइ आइएमई पे’ नाममा आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि दुवै वालेटका जम्मा १ करोड २७ लाख सेवाग्राहीहरू एउटै प्लेटफर्ममा आबद्ध भएका छन्।
मर्जरसँगै गठन भएको नयाँ कम्पनी आइएमई खल्ती लिमिटेड को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी रहेको छ। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा यो मर्जरलाई ठूलो फड्कोका रूपमा हेरिएको छ।
नेप्से परिसूचकमा एक वर्षमै २५ प्रतिशतको वृद्धि, कारोबार र पुँजीकरणमा ऐतिहासिक उछाल
काठमाडौँ। नेपाली शेयर बजार गत आर्थिक वर्ष २०८१/८२ मा उत्साहजनक प्रदर्शन गरेको छ। अघिल्लो वर्षको तुलनामा झन्डै २५ प्रतिशतले नेप्से परिसूचक बढेको छ भने कारोबार रकम र बजार पुँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ।
अघिल्लो आवको असार मसान्तमा २,२४०.४१ विन्दुमा रहेको नेप्से परिसूचक, गत आवको अन्त्यमा ५३४.३७ अंकले बढ्दै २,७९४.७८ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि २४.७४ प्रतिशतको हो, जुन हालको बजार सुधारको संकेतक मानिएको छ।
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताउनुभयो ।
“युवालाई प्रविधिमार्फत समस्याको समाधान गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सृजना गर्नतर्फ जोड्नुपर्छ, नागरिकका समस्याको बारेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा छलफल हुने गरेको छ, यसलाई कार्यान्वयन र नतिजासँग जोड्नुपर्छ, सरकारमा गइसकेपछि के गर्ने हो, के गर्ने हैन भन्ने विषयमा हुने छलफल महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।
जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताउनुभएको छ । वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले केही दिनदेखि आफ्नो र परिवारका सदस्यकोसमेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएकामा आपत्ति व्यक्त गर्नुभयो । भूमिसुधारमन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम दाबी गर्दै उहाँले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पु¥याउने काम भएकामा खेद व्यक्त गर्नुभयो ।
आजदेखि धरहरा १२ घण्टा खुल्ने
काठमाडाैँ।आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गर्नुभयो । यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आइकामा आजदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उहाँले जानकारी दिनुभयो । “अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ”, प्रवक्ता नारायण भन्नुभयो ।
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प
लस एन्जेलस । बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७।३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण ९युएसजिएस० ले बताएको छ ।
भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे ९२०ः३७ जिएमटी० गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल ९८७ किलोमिटर० दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२।५ माइलको गहिराइमा रहेको थियो ।
अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए तर पछि यसलाई सुनामी सल्लाहमा घटाए र त्यसपछि यसलाई पूर्ण रूपमा फिर्ता लिए ।
एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था
काठमाडौँ । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच यस बैंकका ग्राहकहरूलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने छन् ।
चाँगुनारायण भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने छन् । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्तिमार्फत् जनाएका हुन् ।
श्रावण महिना : भगवान् शिवको आराधना, हरियो चुरा र सांस्कृतिक रङ्गहरूको उत्सव
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij