Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

गत वर्ष सेयर कारोबारबाट सरकारलाई साढे १६ अर्ब रुपैयाँ पुँजीगत लाभकर

गत वर्ष सेयर कारोबारबाट सरकारलाई साढे १६ अर्ब रुपैयाँ पुँजीगत लाभकर

  • काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२मा सेयर कारोबारबाट सरकारलाई साढे १६ अर्ब रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ । सरकारले प्राप्त गरेको १६ अर्ब ५४ करोड पुँजीगत लाभकर  अघिल्लो वर्षको तुलनामा तीन गुणा पुँजीगत लाभकर बढी हो ।सेयर कारोबारबाट सरकारले आव २०८०/८१ मा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्ष सेयर बजारले कारोबारमा कीर्तिमान बनाएसँगै राजस्व संकलन समेत हालसम्मकै धेरै भएको हो।

    गत आवमा सबैभन्दा धेरै साउनमा सेयर बजारले एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार सहित रेकर्ड बनाएको थियो। त्यतिखेर नेप्से सूचक ३००० विन्दुमा पुगेको थियो।आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यो कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो।

    २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।नेपाल स्टक एक्सचेन्जका अनुसार एक वर्षमा बजार पुँजीकरण ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ।

    नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७२ छ। गत आर्थिक वर्ष मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटे ।  प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij