Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

स्थापनाको १० वर्ष पूरा गर्दै प्रभु हेलिकप्टर, आईपीओ निष्कासनको तयारीमा

स्थापनाको १० वर्ष पूरा गर्दै प्रभु हेलिकप्टर, आईपीओ निष्कासनको तयारीमा

  • काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ। यस अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ, सहयोग र विश्वासप्रति सबैमा आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

    सन् २०१५ ९वि.सं. २०७२० मा प्रभु ग्रुपले तत्कालीन मुक्तिनाथ हेलिकप्टरको सम्पूर्ण सेयर खरिद गरी ‘प्रभु हेलिकप्टर’का नाममा सञ्चालनमा ल्याएको हो। कम्पनीले नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको छ। सुरुमा एक वटा रोबिन्सन हेलिकप्टरबाट सेवा थालेको कम्पनीले हाल दुई वटा एयरबस ज्ज्ञद्दछ हेलिकप्टरमार्फत नियमित उडान सेवा दिइरहेको छ।

    प्रभु हेलिकप्टरले मुख्यतः पर्यटन, आकस्मिक उद्धार, तथा सामग्री ढुवानी क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ। हाल कम्पनीले काठमाडौं, पोखरा र लाङटाङबाट हेलिकप्टर टुर तथा साइटसिइङ सेवा प्रदान गरिरहेको छ। त्यस्तै, मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि नियमित हेलिकप्टर टुर गराउँदै आएको छ। साथै, सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा उडान सेवा र आवश्यकताअनुसार उद्धारसमेत गर्दै आएको छ।

    सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत निजी कम्पनीका रूपमा दर्ता भएको प्रभु हेलिकप्टर प्रालि २०७९ असार ३० गतेदेखि सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीसँग पोखरामा आफ्नै ह्याङ्गर सुविधा पनि रहेको छ।

    कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी थालेको छ। यसका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij