Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (NS)’ को प्रमाणपत्र अनिवार्य बनाइनु पर्ने बताएका छन् ।  नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारीले भने , “नेपाल बाहेक अन्य देशले आफ्नो मुलुकमा वस्तु आयात गर्दा आफ्नो देशको नियम अनुसार गुणस्तर अनिवार्य गरी बाह्य वस्तुको आयातमा कडाइ गर्ने गरेका छन् । हामिलेपनि उपभोक्ता हितलाई ध्यानमा राख्दै नेपाली बजारमा आउने बस्तुहरुमा ‘नेपाल गुणस्तर (NS)’ अनिवार्य लागु हुने गरी अविलम्ब कार्य प्रारम्भ गर्नुपर्ने भएको छ ।” 

    उनले भने , “नेपालमा दैनिक उपभोग्य देखि औद्योगिक प्रयोजनका धेरै सामान विदेशबाट आयात भइरहेका छन् । तीमध्ये धेरै वस्तुहरू गुणस्तरहीन छन्, जसको प्रत्यक्ष असर आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हानी देखिएको छ । त्यसैले अब नेपाल आउने वस्तुहरूमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागू गरिनु अत्यावश्यक छ ।”

    बैठकमा मन्त्री भण्डारीले न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने धारणा व्यक्त गरे । उक्त बैठकमा नेपालमै उत्पादन हुने वस्तुहरूमा कसरी ‘नेपाल गुणस्तर चिन्ह’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, तथा गुणस्तरहीन वस्तुको आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत गहन छलफल भएको छ ।

    नेपाल गुणस्तर परिषद् अन्तर्गत उपभोक्ताको हितका लागि प्रभावकारी नीति निर्माण तथा गुणस्तर अनुगमन प्रणाली बलियो बनाउने विषयमा मन्त्रालयले प्राथमिकता दिइरहेको समेत बैठकमा उल्लेख गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij