Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

आज हिमालयन बैंकको एफपीओमा आवेदन दिने अन्तिम दिन

आज हिमालयन बैंकको एफपीओमा आवेदन दिने अन्तिम दिन

  • काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू ९एफपीओ० मा आवेदन दिन आज (आइतबार) अन्तिम दिन हो। बैंकले कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने कानुनी प्रावधानअनुसार एफपीओ निष्काशन गरेको हो।

    एफपीओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँबाट बढेर २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ पुग्नेछ। हाल बैंकमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। सर्वसाधारणको हिस्सालाई ३० प्रतिशत पु(याउनका लागि बैंकले १५७ रुपैयाँ प्रतिकित्ताको दरमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको हो। यसमा १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपिएको छ।

    एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। यस एफपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

    सर्वसाधारणले आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij