Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल भक्तपुरमा आधुनिक CT Scan सेवाको उ‌द्घाटन

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल भक्तपुरमा आधुनिक CT Scan सेवाको उ‌द्घाटन

  • काठमाडौँ । नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक CT स्क्यान (Computed Tomography Scan) सेवा सञ्चालनमा ल्याएको   घोषणा गरेको छ ।  आइतबार   एक विशेष समारोहका बीच यस सेवाको उ‌द्घाटन गरिएको हो ।

    ct scan2.jpeg

    उद्घाटन समारोहमा भक्तपुर क्षेत्र न. दुईका सांसद दुर्लभ थापा, नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजाल, वरिष्ठ हृदय रोग विशेषज्ञ डा. भगवान कोईराला, प्रख्यात स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र वरिष्ठ छाती रोग विशेषज्ञ डा. अर्जुन कार्कीजस्ता विशिष्ट अतिथिहरूको गरिमामय उपस्थितिमा CT स्क्यान मेसिनको उ‌द्घाटन गरिएको हो। साथै कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण भण्डारी, अन्य वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

    ct scan1.jpeg

    CT Scan सेवा प्रारम्भ भएसंगै भक्तपुर जिल्लाबासी हृदयघाट जस्तो प्राण घातक समस्याका लागि जिल्ला बाहिर जानु पर्ने समस्याको पनि हल हुनेछ । यस एन्जियो सिटीले नागरिक हस्पिटलमा मुटुको सिटी एन्जियोग्राम लगायत अन्य रोगको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास लिएको छ। यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको उच्चस्तरीय परीक्षण सहज रूपमा उपलब्ध हुनेछ।

    नागरिक सामुदायिक शिक्षण अस्पतालले समुदायलाई अत्याधुनिक प्रविधिमार्फत सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु उसको  उद्देश्यभएको जनाएको छ । अस्पतालले आगामी दिनहरूमा पनि थप आधुनिक सेवा विस्तार गरिने अस्पतालले जारी गरेको विज्ञप्तिमा मार्फत् जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij