Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रद शेयर निष्कासनको अनुमति

शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रद शेयर निष्कासनको अनुमति

  •  

    काठमाडौँ। दोस्रो बजारमा सूचीकृत दुई कम्पनी, शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेड ले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएका छन्। दुवै कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेका हुन्।

    शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर ९१स्१ अनुपातमा० निष्कासन गर्ने स्वीकृति पाएको छ। यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ।

    उता, सिटी होटल लिमिटेड ले पनि आफ्नो हालको चुक्ता पूँजी एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको ०।०८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा एक करोड ३३ हजार ९२ कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ। यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij