Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

भुक्तानी सेवा प्रदायक संस्थाले कोषमा रकम जम्मा गरेपछि मात्र लाभांश वितरण गर्न पाउने

भुक्तानी सेवा प्रदायक संस्थाले कोषमा रकम जम्मा गरेपछि मात्र लाभांश वितरण गर्न पाउने

  •  

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै नयाँ व्यवस्था लागू गरेको छ। नयाँ मार्गदर्शनअनुसार, यस्ता संस्थाहरूले जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोषमा पर्याप्त रकम जम्मा गरेपछि मात्र लाभांश वितरण गर्न पाउनेछन्।

    मार्गदर्शनमा उल्लेख भएअनुसार, लाभांश वितरण गर्दा नियमकीय पुँजी कायम गर्न सहयोग पुर्‍याउने, कारोबारको निरन्तरता, तथा जोखिम व्यवस्थापन क्षमताको विकास सुनिश्चित गर्नुपर्नेछ। यसका लागि संस्थाले आफ्नो लाभांश नीति तर्जुमा गर्दा नियमकीय पुँजी कायम गर्ने योजना, नगद र शेयर लाभांश नीतिहरूलाई समावेश गर्नुपर्नेछ।

    राष्ट्र बैंकले लाभांश वितरण गर्दा पालना गर्नुपर्ने थप शर्तहरू पनि तोकेको छ:

    सञ्चित मुनाफा ऋणात्मक हुनु नहुने,

    नाफा भएको वर्षको वित्तीय विवरणकै आधारमा मात्र लाभांश घोषणा गर्न पाइने,

    शेयर प्रिमियम वा बार्गेन पर्चेज गेनबाट नगद लाभांश दिन नपाइने,

    नेटवर्थ ऋणात्मक हुनु नहुने।

    यी व्यवस्था लागू गर्नुको उद्देश्य भुक्तानी सेवा प्रदायक संस्थाको वित्तीय अनुशासन, दीर्घकालीन स्थायित्व र नियामकीय मापदण्डको पालनामा सुधार ल्याउने रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij