Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल एसबिआई बैंकको ऋणपत्रमा चार गुणाभन्दा बढी आवेदन

नेपाल एसबिआई बैंकको ऋणपत्रमा चार गुणाभन्दा बढी आवेदन

  •  

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको '७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०' मा मागभन्दा चार गुणाभन्दा बढी आवेदन परेको छ। बैंकले असार ३० गतेदेखि साउन १ गतेसम्म प्रतिऋणपत्र रु १ हजार अंकित मूल्यमा कुल ३० लाख इकाई, अर्थात् रु ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको थियो।

    बैंकका अनुसार यस ऋणपत्रमा १।२ करोडभन्दा बढी इकाईका लागि आवेदन प्राप्त भएको छ, जुन जारी संख्याको चार गुणाभन्दा बढी हो। यसले ऋणपत्रप्रति लगानीकर्ताको उच्च आकर्षण र विश्वास देखाएको छ।

    उक्त ऋणपत्र १० वर्ष अवधिका लागि जारी गरिएको हो। ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले जेठ ७ गते स्वीकृति प्रदान गरेको थियो। यस निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij