Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रि-ओपन सेसन : नेप्से ३.३३ विन्दुले बढ्यो

प्रि-ओपन सेसन : नेप्से ३.३३ विन्दुले बढ्यो

  •  

    काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधारको संकेत देखिएको छ। प्रि(ओपनिङ सेसनमा बजार ३.३३ अंकले उकालो लागेको हो। यो सँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ, जसअनुसार सोमबारको प्रारम्भिक सत्रमै ११ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

    हालै सार्वजनिक मौद्रिक नीतिपछि सेयर बजारमा लगातार सुधार देखिएको छ। आइतबारको कारोबार दिनको पहिलो भागमा बजार ५० अंकसम्मले बढेको थियो। यद्यपि, अन्त्यतिर आएर बजार स्थिर बन्दै करिब बराबरमै बन्द भयो। त्यस दिनको कुल कारोबार भने २१ अर्ब रुपैयाँभन्दा बढी पुगेर उच्चस्तरमा पुगेको थियो, जुन पछिल्लो समयको एक उल्लेखनीय कारोबार मानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij